स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु. दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य मङ्गलबार पनि बढेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिनुभएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ ।
नेपालको संविधानबमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसी पेट्रोल पम्प अगाडि पथलैया–हेटौंडा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको चार वटै निर्वाचन क्षेत्रबाट मङ्गलबार दिउँसो १ बजे मनोनयन दर्ता गराउने भएको छ । पार्टीका जिल्ला कार्यवाहक सभापति सागर दाहालले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफुहरुको उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६ वटा राजनीतिक दलले मङ्गलबार मनोनयन दर्ताको तयारी गरेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । मङ्गलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै दाहालले राजीनामा दिनुभएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । उक्त पार्टीले बाँकेमा चर्चित दलित अभियन्ता खगेन्द्र सुनारसहितका उम्मेदवार टुङ्गो लगाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश, पहाड र हिमाल भनेर विभाजित नभई एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार जनकपुरधामस्थित
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा मङ्गलबार हुने उम्मेदवारी दर्ताका लागि तयारी पूरा भएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज सर्लाहीसहित देशैभर एकसाथ उम्मेदवारी दर्ता हुँदै छ ।
तीन वर्षयता मोरङमा मानिस र हात्तीबिच द्वन्द्व बढ्दै गएको अवस्थामा सब डिभिजन वन कार्यालय बेलबारी र बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले हात्तीविज्ञसँग विद्यार्थी संवाद कार्यक्रम आयोजना गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ मा डा.फिरदोश आलम र क्षेत्र नम्बर ४ मा देवप्रसाद तिमल्सिनालाई उम्मेदवार बनाउने भएको हो ।
गोरखामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आएको छ । लामो समयदेखि बेमौसमी वर्षाले क्षति गरेपछि धान उत्पादनमा गिरावाट आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार गाउँ गाउँमा पुग्न थालेका छन् भने मतदाता रोजगारी खोज्न भारततिर गएका छन् । गएको पुस महिनामा मात्रै बैतडीको झुलाघाट नाकाबाट दुई हजार सर्वसाधारण रोजगारीका लागि भारत गएको तथ्याङ्क छ ।