आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा राजनीतिक दलले मनोनयन दर्ता गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट दाबा लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा (एमाले) तथा मजदुर नेता विनोद श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र १० मा उम्मेदवारी दर्ता गर्नु भएको छ । आज दिउँसो १ः३० बजे कीर्तिपुरस्थित निर्वाचन अधिकृको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रेम आले र नेपाली कांग्रेस पार्टीबाट नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराउनु भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरुले बनाउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ ।
निवर्तमान सभामुख देवराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ।
चितवन निर्वाचन क्षेत्र ३ मा नेपाली कम्युनिस्ट पार्टीका नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा मङ्गलबार भएको खेलमा नेपाल पाकिस्तानसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो बराबरी हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवले सप्तरी क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराउनु भएको छ ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर २ मा मनोनयन दर्ता गराउनु भएको छ । उहाँले सो अवसरमा विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग आग्रह गर्नुभयो ।
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।