• ६ माघ २०८२, मङ्गलबार

साफ फुटसल : नेपाल र पाकिस्तानको बराबरी

blog

काठमाडौँ, माघ ६ गते । सुरुवाती बलियो अग्रता जोगाउन नसक्दा नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा पाकिस्तानसँग बराबरी खेलेको छ ।

नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा मङ्गलबार भएको खेलमा नेपाल पाकिस्तानसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो बराबरी हो ।

नेपालले यस अघिल्लो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो ।

तीन खेलबाट पाँच अङ्क बनाएको नेपाल तेस्रो स्थानमा छ । नेपालले अब बिहीबार चौथो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।