• ६ माघ २०८२, मङ्गलबार

रेनु दाहालको चितवन ३ मा उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गराएपछि नेकपा नेतृ रेनु दाहाल । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, माघ ६ गते । चितवन निर्वाचन क्षेत्र ३ मा नेपाली कम्युनिस्ट पार्टीका नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

मङ्गलबार बिहान भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिए लगतै रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । 

दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनु भएको थियो ।