दाङ निर्वाचन क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नु भएको छ ।
धरान उपमहानगरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदान स्थलमध्ये ६२ मतदान स्थल अति संवेदनशील रहेका छन् ।
झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सुरु भएको छ । झापाको क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा पनि उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा झापामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गर्नुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिनु भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
लामो समय नेपाली कांग्रेसबाट राजनीति गर्नु भएका कैलालीको धनगढी निवासी प्यारेलाल रानाले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
दार्चुलामा पहिलो मनोनयन पत्र दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।
नेपाली कांग्रेसले मङ्गलबार दिउँसो १ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ बजे मनोनयन गर्दा गर्ने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तिव्र पारेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्र साहले पार्टी सभापति थापा मनोनयन दर्ता गर्न सर्लाही आउन लाग्नुभएको गोरखापत्र अनलाइनलाई पुष्टी गर्नुभयो ।