• ६ माघ २०८२, मङ्गलबार

डा.महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

blog

मनोनयन पत्र हस्तान्तरण गर्नु हुँदै सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारी । तस्बिर : साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ), माघ ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिनु भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उहाँले स्वतन्त्र उमेदवार दिनु भएको छ । प्रस्तावकमा चित्र तिलिजा रहनु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, नाङ्गीका डा. पुनले देशमा सुशासन र राजनीतिक स्थायित्वका लागि आफूले उम्मेदवारी दिएको बताउनु भयो । स्वतन्त्र उम्मेदवारी दिनु भएका उहाँले देशव्यापी युवा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नु भयो ।