देशको वर्तमान आर्थिक अवस्था र स्रोत सङ्कुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न तथा मितव्ययिता अपनाउन मातहत निकायलाई निर्देशन दिएको छ ।
रौतहटको एक विद्यालयका प्रधानाध्यापक शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
जापानको सबैभन्दा ठुलो विपक्षी दलले प्रधानमन्त्रीका रूपमा साने ताकाइचीको उदय रोक्नका लागि अन्य दलसँग मिलेर साझा उम्मेद्वारको समर्थन गर्ने तयारी गरेको छ ।
सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि भूमिहीनहरू तथा सम्बद्ध संस्थाहरूले त्यसको विरोध गरेका छन् । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले सरकारको सो कदमलाई जनविरोधी र भूमिहीन समुदायमाथिको आक्रमणको संज्ञा दिएको छ।
बाराको सिम्रौनगढ नगरपालिका –६ मा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन्। स्थानीय इशरा पोखरीको डिलबाट घर लिपपोत गर्न माटो खन्नेक्रममा शनिबार बिहान करिब ८ः५० बजे माटोको ढिस्को खसेको र पुरिएर ८ जना स्थानीय घाइते हुँदा उद्धारका क्रममा दुई जनाको ज्यान गएको हो।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, हिल्सासहित जिल्लाभरका उच्च भेगमा यो वर्ष पहिलोपटक हिमपात हुँदा देखिएको हिउँ। हिमपात हुँदा जिल्लाभर चिसो बढ्दै गएको छ ।
गत भदौ २४ गते साँझ जेनजी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म २२८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ९९ जना अझै सम्पर्कविहीन रहेका छन् ।
मधेश प्रदेशमा बालिकासम्बन्धी ऐन तथा कानुनी संरचनाहरू कार्यान्वयनको चरणमा कमजोर देखिएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् ।
बाढीले पुल बगाएपछि पाँचथर सदरमुकाम फिदिम नगरपालिका–१ र ७ लाई जोड्ने नाम्दु खोलामा स्थानीयले फड्के निर्माण गरेका छन् ।
इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन् ।
तिहार सुरु हुनुभन्दा पहिले नै सुरु हुनेगरेको जुवातास विरुद्ध जिल्ला प्रहरी कार्यालयले कारबाही सुरु गरेको छ । दुई दिनअघि नेपालगन्जको एक होटलबाट १४ जना जुवाडे पक्राउ गरिएको प्रहरीले शुक्रवार राति खजुराबाट पाँच जना जुवाडेलाई पुनः पक्राउ गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक स्थगन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानले तीन वर्षमा लहान नगरपालिकाको पन्ध्र हजार विरामीको उपचार गरेको जनाएको छ । ‘‘दियोमुनि अँन्ध्यारो रहनु हुँदैन’’ नारासाथ लहानमा यो अभियान चलाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार (स्थानीय समय) चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको भन्दै ‘सीलाई भेट्ने कुनै कारण छैन’ भन्ने आफ्नो हालैको टिप्पणी स्पष्ट पार्नु भएको छ ।
नेपाल तेक्वान्दो सङ्घ, जिल्ला शाखा बागलुङको आठौं साधारणसभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।