• ६ माघ २०८२, मङ्गलबार

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

blog

बिष्णुप्रसाद पोखरेल

दमक, माघ ६ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको छ ।

अध्यक्ष ओलीले मङ्गलबार दिउसो निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं. ५ मा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउनु भएको हो । उहाँ यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–५ बाट निर्वाचित हुनु भएको थियो । ओली पटक पटक यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आउनु भएको छ । 

मनोनयन पछि ओलीले यो निर्वाचन देश बनाउने र भत्काउने बिचको प्रतिस्पर्धा भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भयरहित अवस्थामा निर्वाचन हुन्छ भन्नेमा अझै पनि शङ्का रहेको बताउँदै एमाले निर्वाचनबाट नभाग्ने उल्लेख गर्दै शान्ति सुरक्षाको अवस्था चित्त बुझ्दो नभए पनि निर्वाचनमा होमिएको उल्लेख गर्नु भयो ।