शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ६ गते । नेपालकी कराते स्टार एरिका गुरुङले ब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नु हुने भएको छ ।
टर्कीको राजधानी इस्टानबुलमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा सहभागिता जनाउन एरिकासहित राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङको टोली मङ्गलबार इस्तानबुल जानु हुने छ ।
एरिकाले प्रिमियर लिगमा कुमुतेको महिला ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नु हुने छ । नेपाली टोलीलाई सोमबार एक कार्यक्रमबिच नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङले बिदाइ गर्नु भयो ।
टर्कीको खेलपछि नेपाली टोलीले बेलायतमा हुने हार्लो ओपन कराते च्याम्पियनसिप र सेमिनारमा समेत भाग लिने छ ।