शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोविन्द शर्मा
बाँके, माघ ६ गते । बाँके क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का सुमन मल्लले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा (एमाले) सचिवालय बैठकले पूर्व केन्द्रीय सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेको हो । एमालेले जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित अभियन्ता खगेन्द्र सुनारको उम्मेदवारी दर्ता भएको छ । दैलेखका सुनारलाई रास्वपाले बाँके ३ मा उम्मेदवार बनाएको हो । यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट दीपक जिएमको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सभापति रोल्पाका अमरसिंह पुनलाई उम्मेदवार बनाएको नेताहरूले जनाएका छन ।