• ६ माघ २०८२, मङ्गलबार

पूर्व सञ्चारमन्त्री गुरुङद्वारा उम्मेदवारी दर्ता

blog

नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ उम्मेदवारी दर्ता गराउने क्रममा ।

गोरखापत्र अनलाइन

दोलखा, माघ ६ गते । नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गलबार अपरान्ह चरिकोटस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता गुरुङले पार्टीका नेता एवं कार्यकर्तासँगै गएर उम्मेदवारी दर्ता गराउनु भएको हो । 

त्यसक्रममा नेता पोखरेल र गुरुङले दोलखाको पार्टी एकताबद्ध भएर निर्वाचनमा होमिएको सन्देश दिनु भएको पार्टी जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो । उम्मेदवारी दर्तापछि नेता गुरुङले देशलाई बचाउने र बनाउने मुख्य एजेन्डासहित एमाले चुनावमा होमिएको बताउनु भयो । 

दोलखामा गुरुङले आफूलाई राजनीतिमा इमान, निष्ठा, सक्रियताको पहिचान बनाउनु भएको छ । त्यसैगरी उहाँले राजनीति र उद्यमशीलतालाई सफलतापूर्वक अघि बढाएर राजनीतिलाई कमाइखाने भाँडोको रूपमा प्रयोग गर्न नहुने दृष्टान्त पेस गर्नुभएको छ । गुरुङले यस अघि २०७४ सालको निर्वाचनमा कांग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार बढी फराकिलो मतान्तरले पराजित गर्दै विजयी हुनु भएको थियो ।