पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् ।
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै सुरु भएको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा पश्चिम नवलपरासीमा ६७ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ ।
गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् ।
कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्य अगाडि बढाएको छ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीको सफलता दर वृद्धि र विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्न आवश्यक अगाडि बढाइएको हो ।
बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो ।
पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाको एक परिवारले ओत लाग्न ओडारको सहारा लिन विवश बनेको छ ।
तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आइतबारलेखि सुरु हुँदै छ ।
लोकतन्त्रमा निर्वाचन नै जनअभिमतको प्रमुख आधार हो । निर्वाचनबिनाको लोकतन्त्र कल्पनासम्म पनि गर्न सकिँदैन । लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनबाट अलग हुन सक्दैनन् ।
गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र नवगठित सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकेको छ । तोकिएको मितिमा आफ्नो जिम्मेवारी पूरा गर्ने निर्वाचन आयोगको दायित्व हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा तीन वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे र ढलान गरी पक्की भएको छ । सदरमुकाम तम्घाससहित आसपासको क्षेत्र समेटिएको नगरपालिकाका १४ वटा वडामा तीन वर्षमा ६५ किलोमिटर सडक पक्की भएको हो ।
मुलुक सङ्घीयतामा गएको आठ वर्ष बितिसक्दा पनि बागमती प्रदेश सरकारले आवश्यकताअनुसारको कानुन निर्माण अझै गर्न सकेको छैन ।
ताप्लेजुङमा सापु रोगको सङ्क्रमण बढ्न थालेको छ । जिल्लामा अत्याधिक मात्रामा सेतो पुतली देखिन थालेसँगै सापु रोगको सङ्क्रमण बढ्न थालेको हो ।