शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ ६ गते । सप्तरीमा चार प्रतिनिधिसभा सदस्यका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निवाचनका लागि सप्तरीमा १०५ जनाले उम्मेदवारी दिएका हुन् ।
जिल्लाको क्षेत्र नम्बर १ मा २२, क्षेत्र नम्बर २ मा ३४, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २८ गरी १०५ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।