• ६ माघ २०८२, मङ्गलबार

कैलालीमा ७८ जनाको उम्मेदवारी दर्ता

blog

अविनाश चौधरी

धनगढी, माघ ६ गते । पाँच जना प्रतिनिधि सभा सदस्य चयनका लागि कैलालीमा ७८ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ७८ जनाको उम्मेदवारी परेको हो । 

कैलालीको निर्वाच क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १९ जनाको उम्मेदवारी परेको छ । यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा १६, निर्वाचन क्षेत्र नम्बर ३ मा ११, निर्वाचन क्षेत्र नम्बर ४ मा १६ र निर्वाचन क्षेत्र नम्बर ५ मा १६ जनाको उम्मेदवारी परेको छ । 

नेकपा (एमाले) बाट लेखराज भट्ट, नेपाली कांग्रेसबाट गोरखबहादुर विष्ट (आनन्द), नेपाली कम्युनिष्ट पार्टीबाट हरिराम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद रेग्मीको उम्मेदवारी परेको छ । 

यसैगरी नागरिक उन्मुक्ति पार्टी, नेपालबाट धनबहादुर सुनार, रापप्राबाट कमल रजवार, नेपाल मजदुर किसान पार्टीबाट अमृता भुल, नेशनल रिपब्लिक नेपालबाट गोपीलाल चौधरी, स्वतन्त्रबाट खम्बबहादुर भट्ट खत्री, मितेरी पार्टी नेपालबाट दिनेशकुमार मल्लको उम्मेदवारी परेको छ । 

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट भक्तबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट मोहनदेव मिश्र, नेपाल मानवतावादी पार्टीबाट यज्ञबहादुर टमटा, उज्यालो नेपाल पार्टीबाट सुभास कुँवर, जनमोर्चाबाट हेमराज भट्टको उम्मेदवारी परेको छ । 

क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) बाट यज्ञराज ढुङ्गाना, नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबहादुर चन्दको उम्मेदवारी परेको छ । 

राप्रपाबाट रोशन शाही, नागरिक उन्मुक्ति पार्टी नेपालबाट जगन्नाथ चौधरी, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी, नेपाल मजदुर किसान पार्टीबाट तृष्ण पुनमगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यसैगरी, आम जनता पार्टीबाट देवसिंह विष्ट, मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, उज्यालो नेपाल पार्टीबाट चन्द्र साउँद र जनमत पार्टीबाट धनबहादुर चौधरीको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनुभयो ।