समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुनसहित म्याग्दीमा १३ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।
कपिलवस्तुको तीन वटै क्षेत्रमा मनोनयन दर्ता उत्साहजनक भएको छ । आगामी फागनु २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको कार्य मङ्गलबार उत्साहजनक भएको हो ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीले हातहतियार बुझाउन सबैसँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरेको हो ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा उत्खनन सुरु गरिएको छ । दरबारपरिसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न थप प्रमाण जुटाउनका लागि उत्खनन गर्न लागिएको हो ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाका ३ वटै निर्वाचन क्षेत्रबाट ५५ उम्मेदवारहरुले मनोनयन दर्ता गराउनुभएको छ ।
बाँके जिल्लाको पूर्वी क्षेत्रमा पाटेबाघ र चितुवाको आतङ्क बढेपछि स्थानीयमा भयको वातावरण उत्पन्न भएको छ । जिल्लाको पूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका अन्तर्गत हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कित र भयभित बनेका हुन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले चुनाव लोकतन्त्र पुनस्र्थापना गर्ने माध्यम भएको बताउनुभएको छ । दाङ क्षेत्र नं. २ मा आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोख्रेलले निर्वाचनका माध्यमबाट लोकतन्त्रलाई पुनस्र्थापना गर्ने दिशामा अघि बढाउन महत्वपूर्ण हुने बताउनुभएको हो ।
घोराही उपमहानगरपालिका–१७, गुलरियाका अशोककुमार चौधरीलाई आफ्नै मौलिक संस्कृति प्रतिको मोह सानैदेखि थियो । विशेष गरी मादल बजाउने र नाच्ने इच्छा भए पनि परम्परागत शैलीमा सीप नहुँदा लामो समयसम्म त्यो रहर मनमै सीमित रह्यो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को प्रतियोगितामा १० स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३३ पदक हात पार्दै रेसुङ्गा माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटा जिल्लामा मङ्गलबार शान्तिपूर्वक उम्मेदवार मनोनयन दर्ता भएको छ । जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवार मनोनयन समयभित्र विभिन्न राजनीतिक दलका उम्मेदवारले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारले शान्तिपूर्ण रूपमा आआफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । सुदूरपश्चिममा कैलालीका पाँच, कञ्चनपुरका तीन, अछामका दुई, बाजुरा, डोटी, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा एक÷एक गरेर १६ निर्वाचन क्षेत्र रहेका छन् ।