नेपाल सरकारले अगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि नयाँ मतदाता नामावलीमा नाम समावेश गराउन १८ वर्ष उमेर पुगेका युवाहरु उत्साहित देखिएका छन् ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा केही बेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।
संयुक्त अधिराज्य बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।
बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भइएको छ ।
धनुषाको मिथिला नगरपालिकाका शिक्षक तलब भत्ता माग गर्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।
स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि पर्सा जिल्लाको १४ पालिकामा एकै पटक हैजा रोगको महामारीविरूद्ध प्रतिकार्य खोप अभियान सञ्चालनमा ल्याएको छ।
जेनजी आन्दोलनको क्रममा बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना कैदीबन्दीमध्ये २१७ जना अझै सम्पर्कमा आएका छैनन् ।
दसैँ सकिएलगत्तै मौसममा सुधार आएपछि मनाङका किसान परम्परागत रैथाने बाली फापर थन्क्याउन व्यस्त छन् । मनाङको पिसाङ, भ्राका, माथिल्लो मनाङलगायत क्षेत्रका किसानहरू यहाँको रैथाने बाली काट्ने, चुट्ने तथा सुकाउने कार्यमा तल्लीन छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका ५ झिँ गाउँमा खेत जोत्दै गरेका कृषक । पृष्ठभूमिमा देखिएको धौलागिरी हिमश्रृङ्खला ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ ।
मेची राजमार्ग अवरुद्ध भएको सात दिन बित्दा पनि सडक सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ ।
सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ ।
विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदकधारी केन्याका जोन केलाई एक खेलकुद प्रतियोगितामा सहभागी हुन नेपालगञ्ज आइपुग्नुभएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-७ मा अवस्थित देवथली दह र पृष्ठभूमिमा हिमशृङ्खला ।
बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–८२ भित्र हातहतियारका घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही बर्षको फरक समयमा भरुवा बन्दुक ४ थान, म्याग्जिन १ थान, गोली १ थान, खोका १ थान, नाल ४ थान, गज १ थान, केप ९६ वटा, वारुद १ डिब्बा लगायत हातहतियार बनाउन प्रयोग हुने धातुजस्ता सामग्रीहरु बरामद गरेका हो ।