• ७ माघ २०८२, बुधबार

दाङको तीन निर्वाचन क्षेत्रमा ५० जनाको उम्मेदवारी

blog

मनोननय दर्ता गर्नु अगाडि आफ्ना समर्थकसहित घोराही बजार परिक्रममा गर्नु हुँदै एमाले महासचिव पोखरेल । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, माघ ७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन आयोगको अनुसार तीनवटै निर्वाचन क्षेत्रमा ठुला दल र १५ स्वतन्त्रसहित ५० जनाको उम्मेदवारी परेको दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनु भयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङका तीन निर्वाचन क्षेत्रमा दलीय र स्वतन्त्र उम्मेदवारसहित ५० जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लगायतले मनोनयन दर्ता गराएका छन् ।

उहाँको अनुसार  क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सह महामन्त्री योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतिरमण शर्मा र नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरी, रास्वपाका देवराज पाठक, नेपाल कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीसहित ११ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ नेकपा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका किरण किशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य र नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यसहित २० जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा कांग्रेसका तर्फबाट पूर्वमन्त्री दीपक गिरी, नेकपा एमालेका घनश्याम पाण्डेय, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीसहित १९ जनाले उम्मेदवारी दिएका छन् ।