कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले पनि करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ ।
सुर्खेतको लेकबेँसी नगरपालिका–९ को चौरासेको राउटे बस्तीमा मदिरा सेवन गरी होहल्ला गर्ने एक युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले ती युवकमाथि अनुसन्धान गरिरहेको छ । शुक्रबार राति राउटे समुदायको बस्तीमा मदिरा सेवन गरी एक युवक प्रवेश गरेका थिए । बस्तीमा होहल्ला गरेपछि राउटे समुदायका युवाले ती युवकलाई नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाएका थिए ।
जेनजी समूहको आन्दोलनमा निस्केका हुम्लाका एक जना युवक हालसम्म बेपत्ता छन् । जिल्ला नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सर्पको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ मोहनपुर घर भएका ७२ वर्षीय विन्देश्वर यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
जुम्लामा एयरलाइन्सका प्रतिनिनिधहरूले हवाई टिकट वितरणमा मनपरी गर्ने गरेको पाइएको छ । एयरलाइन्सका कर्मचारीले टिकट वितरण आफू निकटहरुलाई वितरण गर्दै आएको पाइएको हो ।
असोजको मध्यपछि बर्सातको चपेटाले देशका धेरै भागलाई क्षतिग्रस्त बनायो ।
विसं २०८२ कात्तिक २१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपियाँ पुगेको थियो । रुपियाँको अवमूल्यनले सुनको मूल्य बढ्छ । सुनको मूल्य बढ्नु पनि अर्थतन्त्रसँग सम्बन्धित हुन्छ ।
शान्ति र विकास एक सिक्काका दुई पाटा जस्तै हुन् । जहाँ शान्ति हुन्छ, त्यहाँ विकास हुन्छ ।
इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ ।
जापानिज इन्सेफ्लाइटिस सामान्यतया वैशाखदेखि सुरु भई साउनदेखि कात्तिकसम्म बढी देखिने गर्छ । यसको सङ्क्रमण यस वर्ष देशभर ४२ जिल्ला र ११० पालिकामा फैलिएको छ । १६४ जनामा जापानिज इन्सेफ्लाइटिस सङक्रमण भई ३१ जनाको मृत्यु भयो ।
थारू ‘बर्का नाच’ सङ्कटमा पुगेको छ । पश्चिम नेपालका थारू समुदायको एक मात्र बर्का नाच आर्थिक अभावले अहिले सङ्कटमा पर्दै गएको हो ।
नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको भेलाले गोपाल प्रसाद ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
रङ्गमञ्चबाट आफ्नो कलाकारिताको यात्रा सुरु गर्नुभएका रङ्गकर्मी प्रदीपकुमार चौधरी (पिके डन) अभिनयसँगै निर्देशन र लेखनमा पनि पोख्त हुनुहुन्छ । उहाँ निर्देशित पहिलो नाटक ‘मसानटार’ हो ।
कोशी लोकमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मदन पुरस्कार गुठीले विसं २०८१ का लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार एक समारोहबिच आइतबार स्रष्टालाई प्रदान गरेको छ । नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको हो ।