लमजुङको मस्र्याङ्दी गाउँपालिका –३ की ६४ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अधेरीस्थित मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी भएको छ ।
तिहार नजिकिएसँगै तिहारलक्षित विभिन्न किसिमका रोटीहरू बनाउन महिला उद्यमीहरूलाई भ्याइनभ्याई छ । महिला उद्यमीहरुले तिहारलक्षित विभिन्न किसिमका रोटीहरु बनाएर बिक्री वितरण गर्दै आएका छन् ।
वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो ।
सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भीआईपी कक्ष बन्द गरेको छ।
कैलालीका किसानहरु धान भित्र्याउनमा व्यस्त छन् । दसैँ सकिएपछि किसानलाई धान भित्र्याउन चटारो भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागु गर्न आग्रह गरेको छ ।
विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-२, मोथियाहीमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका –३, हाडहाडेका युवा भविन्द्र घर्तिमगरको फर्ममा फूलको ठुलो बगैँचा छ । उहाँले दुई वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । दसैँबाट छिटफुट फूल बेच्न सुरु भएको उहाँको भनाइ छ ।
वडा स्तरमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्यमा ३२ सय बढीले आफ्नो विवरण प्रविष्ट गराउनुभएको छ ।
यहाँका स्थानीय तहमा रहेको न्यायिक समितिले दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याउने कार्यलाई प्राथमिकतामा राखेको छ । जिल्लाका नगरपालिका र गाउँपालिकामा रहेका न्यायिक समितिले मेलमिलापका माध्यमबाट मुद्दाको किनारा लगाउँदै आएको छ ।
दीपावली र छठ पर्व नजिकिँदै गर्दा धनुषाको क्षरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका कुम्हार समुदाय दियो लगायत माटोको भाँडा बनाउने काममा व्यस्त भएका छन् ।
स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका –३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।