• ७ माघ २०८२, बुधबार

राप्ती राजमार्ग १८ दिन बन्द हुँदै

blog

राप्ती राजमार्ग अन्तर्गत सल्यान–दाङ सडकखण्ड । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, माघ ७ गते।  राप्ती राजमार्ग अन्तर्गत सल्यान–दाङ सडक बिहीबारदेखि १८ दिन बन्द हुने भएको छ।  

सल्यान–दाङको कपुरकोट’हर्नेटी खण्डमा स्तरोन्नति कार्य चलिरहेको छ।  माघ ८ गतेदेखि २५ सम्म दिउँसो सडक बन्द हुने भएको हो।  उक्त सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सवारी आवागमन बन्द गरेर सडक फराकिलो बनाउने कार्य गरिने भएको हो।  

सडक डिभिजन कार्यालय दाङले पुस ३० गते सार्वजनिक सूचना नै जारी गरेर सडक बन्द गरिने जानकारी गराएको हो।  सडक डिभिजन कार्यालयका अनुसार १८ दिनसम्म दैनिक पाँच घण्टा कपुरकोट–हर्नेटी सडक खण्ड बन्द हुनेछ।  

साना र अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक मार्ग पनि सुझाइएको छ।  डिभिजन कार्यालयले तुलसीपुर ३ को पैंयाखोरीयादेखि सातबास किमुचौर कपुरकोटको वैकल्पिक मोटरबाटो प्रयोग गर्न सुझाएको छ।  यस्तै तुलसीपुर कालीमाटी लुहाम हुँदै यात्रा गर्न सकिने विकल्प दिइएको छ।