काठमाडौँ उपत्यकामा दुईपाङ्ग्रे (मोटरसाइकल, स्कुटर) सवारीको चोरी बढेको छ । ट्राफिक प्रहरी कार्यालय जलेर नष्ट हुँदा, प्रहरीको सक्रियता न्यून र चाडपर्वका बिदा भएको अवस्थामा चोरी मौलाएको हो ।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच समसामयिक सन्दर्भमा परामर्श भएको छ । उहाँहरूबिच अन्तरव्यवस्थापिका मञ्चको महासभा, राष्ट्रिय सभा निर्वाचन, राष्ट्रिय सभामा जेनजीको सहभागितालगायत विषयमा संवाद भएको हो ।
हमासको कब्जामा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।
भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ । सङ्गठित अपराध र भन्सारसम्बन्धी दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको हो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो दाबी गरिएको छ । हाजिरी जमानतमा छुटेको डेढ वर्षपछि पक्राउ पर्नुभएका महराविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले पहिलो पटक अनलाइन प्रणालीबाट नागरिककता वितरण गरेको छ । भेरी नगरपालिका ६, की देनिशा सिंहलाई अनलाइन प्रणालीबाट नागरिकता प्रमाणपत्र वितरण गरिएको हो ।
लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका –४ देउराली छापस्थित सिञ्जाली माबिको नयाँ भबन निर्माणमा खटिएका एक कर्मचारी मृत अबस्थामा फेला परेका छन् ।
नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध ८१ लाख ५३ हजार ६५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सोमबार भएको क्वार्टरफाइनल खेलमा भोजपुरले झापा–११ लाई टाइब्रेकरमा ५–४ गोलले हरायो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा भोजपुर भाग्यमानी बन्यो ।
सप्तरीमा चार वटा मोटरसाइकल चोरीको घटनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका –८ का ललनकुमार दासको टोपा बजारस्थित स्कूल अगाडि पार्कगरि राखिएको स २ प ८६५९ नम्बरको सुपर सपेण्डेर मोटरसाइकल असोज १० गते दिउँसो चोरी भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग शान्ति सम्झौता गर्न चाहेको बताउनुभएको छ ।
फिदिम–याङनाम–फालौट सडक सञ्चालनमा आएको छ । यो सडक फिदिम नगरपालिका–१ र ११ को सिमावर्ती फेमे खोलामा आएको बाढीले क्षति गरेपछि एक सातादेखि अवरुद्ध थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बस्यो ।
चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् ।