निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता कार्य पुनः सुरु गरेपछि जिल्ला निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउने युवाको सङ्ख्या बढ्दै गएको छ ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ मा रहेको आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रीतिमा बुढा बोल्ने बानी बसाल्नु पर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनु पर्छ भन्ने सोचका साथ अघि बढिरहनुभएको छ ।
नाम्खा गाउँपालिका–६ को न्यालु लेकको सडकमा हिउँ जमेर यातायात सेवा अवरुद्ध हुँदा २२ जना आन्तरिक पर्यटक ताक्ची र तुम्लिङमा अलपत्र परेका छन् । सडक सुचारु नभएपछि बोलेरो जिपसहित ती आन्तरिक पर्यटक चार दिनदेखि ताक्चीमा अलपत्र परेका हुन् ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीबाट जलेर नष्ट भएको सुर्खेतस्थित नापी कार्यालयको सेवा अझै सुरु हुन सकेको छैन । कार्यालयको आन्तरिक व्यवस्थापनको काममा व्यस्त हुन परेपछि एक महिना नाघिसक्दा पनि कार्यालयको सेवा सुरु हुन नसकेको हो ।
गोरखाको मनास्लु हिमाल आरोहणका लागि चुमनुब्री गाउँपालिका – ४ नामरुङ पुगेका पोल्याण्डका नागरिकको हाई अल्च्यिुडका कारण बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।
असोज–कात्तिक लागेसँगै सुदूरपश्चिमका गाउँघरमा खेतबारीमा चहलपहल बढेको छ । धान पाक्न थालेपछि किसानहरू धान काट्ने, ‘‘गाज्यौ’’ खर जम्मा गर्ने र गहुँ छर्ने तयारीमा व्यस्तहुन थालेका छन् ।
स्थानीय तहले आफूखुसी खनेका ग्रामीण सडकमा जोखिम बढ्दै गएको छ । सडकलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले एक्साभेटरमार्फत सडकको ट्र्याक खोले पनि थप सुधार नगर्दा जोखिम बढेको हो ।
हेटौँडाको राप्ती खोलाको बगरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट भुद्रुङ तर्फ जाने नयाँ पुल मुनी राप्ती खोलाको बगरमा सोमबार दिउँसो पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
भियतनामको थोङ नाट स्टेडियममा साँझ ६:१५ बजे सुरु हुने यस खेल नेपालका लागि ‘होम म्याच’ हो । यसअघि बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो
जिल्लाका अधिकांश ठाउँमा आयातित धानको बिउ रोप्ने चलन भित्रिएका बेला मेलौली नगरपालिकामा आकाशे पानीको भरमा उस्कलो खेतमै रैथाने केदारी बासमती फलेको छ । केदारी बासमतीको भात माणसँग खाने चलन छ ।
मधेश प्रदेशमा हालैको बाढी र डुबानबाट प्रभावित पाँच जिल्लाका एक हजारभन्दा बढी परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ ।
हुलाकी राजमार्ग बनेपछि वरपरका जग्गाको मूल्य ह्वात्तै बढेको छ तर आफ्नै सम्पत्तिको मूल्य बढे पनि यहाँका जग्गाधनी अहिले हर्ष न बिस्मातको अवस्थामा छन् । जग्गा कारोबार र वार्षिक कर तिर्नै नसक्ने भएका छन् ।
तीन पटकसम्म थपिएको म्याद सकिएर पुनः म्याद पाएपछि काम भइरहेको बुटवल–नारायणगढ सडक निर्माणले अहिले भने तीव्रता पाएको छ । गत साउनबाट एक वर्षको म्याद पाएको ठेकेदार कम्पनीले अहिलेसम्म ७२ प्रतिशत काम सम्पन्न गरेको छ ।
हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तीर्थालु तथा पर्यटकलाई लक्ष्य गरी तीन ठाउँमा स्वास्थ्य परीक्षण गरिन्छ ।