मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बिच पनि राजीनामाको आह्वानलाई अस्वीकार गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भिर राजनीतिक र सामाजिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण अत्यावश्यक रहेको भन्नुभयो।
उत्तरी गोरखाको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक अविरल वर्षाका कारण झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ ।
पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नु भएको छ ।
दसैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकुल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदशी पर्यटक देखिन थालेका छन् ।
धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान गरिएको छ ।
दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख रुपियाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनीक समास्याका कारण यहाँका शिक्षक तलब भत्ताबाट वञ्चित भएको बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले गाउँपालिका र वडा कार्यालयहरूमा मङ्गलबार तालाबन्दी गरेका छन् ।
कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।
काठमाडौँ, असोज २८ गते । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् ।गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित भएको थियोे । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन् ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस गरिएकामा दर्ताका लागि अध्ययन भइरहेको छ ।यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फुल कोर्ट)ले आजदेखि रिट निवेदन दर्ता एवम् सुनुवाइ गर्ने निर्णय गरेको थियो । रासस
गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।