सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ जोगिनायाँ घर भएका ४२ वर्षीय नरेश यादवको चौताराबाट लडेर मङ्गलबार राति मृत्यु भएको हो ।
बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
सामाजिक उत्तरदायित्व १. सार्वजनिक प्रशासनमा सामाजिक उत्तरदायित्व भन्नाले के बुझिन्छ ? सार्वजनिक प्रशासनमा सामाजिक उत्तरदायित्व किन आवश्यक छ ? सार्वजनिक प्रशासनमा सामाजिक उत्तरदायित्व सुनिश्चित गराउने औजार प्रस्तुत गर्नुहोस् ।
सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा समय विस्तार गरेको छ । कार्यालयले बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन सुरु गरेको हो । यसअघि सेवा बिहान १० देखि साँझ ५ बजेसम्म मात्र दिइँदै आएको थियो ।
नेपाल सरकार (मन्त्रिपरिषद्) स्पष्ट निर्देशिका पश्चात् पनि पश्चिम नवलपरासीका अधिकांश स्थानीय तहहरूले करार तथा ज्यालादारी कर्मचारी हटाउने विषयमा सक्रियता देखाएका छैनन् ।
क्रोधकला शिरोमणि कालु कुमाले (कुम्हा) को जीवनी, उहाँको कलायात्रालगायतका विषय समेटिएको म्युजिक भिडियो ‘शान्त स्वभाव’ सार्वजनिक गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपियाँभन्दा बढी प्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार रेमिट्यान्स ३३.१ प्रतिशतले बढेर तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विद्यमान कर कानुनमा देखिएका अस्पष्टता हटाइने बताउनुभएको छ ।
नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण परियोजना अन्तर्गत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रममा सफलतापूर्वक ऊर्जा दक्षताका उपाय लागु गरेका दोस्रो चरणका उद्योगलाई राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आर्थिक अनुदान वितरण गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ ।
गुल्मीका स्थानीय तहले ३०४ ऐन निर्माण गरेका छन् । जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा प्रतिवेदन अनुसार दुई नगरपालिका र दस गाउँपालिका गरी यस जिल्लाका १२ स्थानीय तहले सो सङ्ख्यामा ऐन निर्माण गरेका हुन् ।
सार्वजनिक संरचनाको पुनर्निर्माण र निर्वाचनको खर्च व्यवस्थापनका लागि सङ्घीय सरकारले खर्च कटौतीको निर्णयपछि प्रदेश सरकार पनि त्यस बाटोमा लागेका छन् । जेनजी आन्दोलनपछि गठन भएको सङ्घीय सरकारले असोज ५ गतेको मन्त्रीपरिषद्को बैठकले नेपालको आर्थिक इतिहासमै सबैभन्दा ठुलो खर्च कटौती गरेको थियो ।
सर्लाहीमा कात्तिक १ गतेदेखि अनलाइनबाटै नागरिकताको फारम सिफारिस हुने भएको छ । जिल्लामा पहिलो पटक अनलाइन अर्थात् ‘केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली’मार्फत नागरिकता सिफारिस गर्ने तयारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारको अवसरमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न दिने निर्णय गरेको छ । प्रशासन कार्यालयले एक सार्वजनिक सूचनामार्फत पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएको बताउनुभएको छ । विश्व हात धुने दिवस (अक्टोबर १५) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नियमित हात धुँदा व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई पनि रोगमुक्त बनाउन योगदान पुग्ने दावी गर्नुभयो ।