फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ। यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । गाउँपालिकाको वडा ५ स्थित मझाउ टोलमा पोखरीमा डुबेर स्थानीय १६ वर्षीया पूजाकुमारी साहको मृत्युभएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ।
पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ ।
फिलिपिन्सका नागरिक समाज समूहका सदस्यले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध नक्कली बाढी नियन्त्रण परियोजना मार्फत करदाताको अर्बौं डलर व्यवस्थित रूपमा दुरु पयोग गरिएको आरोप लगाउँदै महाभियोगको उजुरी दायर गरेका छन् ।
समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके मालपोत कार्यालयका कर्मचारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव २३ अङ्कले बढेको छ । कारोबारसँगै नेप्से परिसूचक नौ दशमलव २३ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ६१ को विन्दुमा कायम भएको हो ।
ठुला राजनीतिक दलहरुले आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार नबनाएपछि रानाथारु समुदाय राजनीतिक दलसँग आपत्ति जनाएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ ।
बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ कार्यक्रममा भाग नलिने निर्णय गरेको छ । विदेशमन्त्री यभेट कुपरले बिहीबार बेलायत आजको हस्ताक्षर समारोहमा उपस्थित नहुने जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा कुनै पनि उम्मेदवारविरूद्ध दाबी विरोधको उजुरी परेन । जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले दिएको जानकारीअनुसार कुनै उमेदवारविरुद्ध उजुरी परेको छैन ।
सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।