असोज १८ गते रातिको अविरल वर्षासँगै खसेको पहिरोले माईजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा क्षति पु¥याएको छ । गाउँपालिकाको भवनभित्रै बाढी पस्दा एक
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । असोज २१ मा सबै शाखालाई परिपत्र गर्दै आगामी कात्तिक १ गतेदेखि लागु हुने गरी करारका कर्मचारीलाई काममा नलगाउन निर्देशन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । बर्खा लागेपछि गत जेठबाट सफारी बन्द गरिएको कञ्चनपुरस्थित सो निकुञ्जमा सोमबारदेखि जङ्गल सफारी खोलिएको हो । मनसुन गएपछि असोज २७ गतेदेखि दुई वटा रुटमा जङ्गल सफारी खुला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।
जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा आएका छन् ।
चितवनको माडी नगरपालिकातर्फ जाने निकुञ्जभित्रको मूल सडकको वातावरणमैत्री मर्मतसम्भारका लागि वन मन्त्रालयले अनुमति दिएको छ । माडी नगरपालिकाको जनप्रतिनिधि
भूमि समस्या समाधान आयोग खारेज हुँदासम्म डडेलधुराका ३२२ स्थानीयले जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् ।
बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्र बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी बसपार्क अहिले बसको पर्खाइमा रहेको छ । विसं २०८१ फागुनदेखि २०८२ असारसम्म चल्ने गरेका लामो दुरीका बस मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीमै रोकिने गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
गत भदौ २४ गते लहानमा भएको जेनजी प्रदर्शनको क्रममा लहान नगरपालिकामा रहेका सरकारी कार्यालयहरुको भौतिक क्षति २६ करोडभन्दा बढी भएको छ । मङ्गलबार क्षति भएको कार्यालयहरुको अनुगमन गर्दा क्षतिको विवरण बाहिर आएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकै पटकमा एक सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरको कमाण्ड जिम्मवारी बदली गरेको छ ।
दसैँ सकिए पनि थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम भने अझै सकिएको छैन । दसैँभन्दा अघि सुरु भएको सो नाच दसैँ सकिएपछि पनि बाँके र बर्दियाका थारु गाउँबस्तीमा अझै जारी छ ।
बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू-टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ ।
मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ ।