पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू-टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ ।
मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ ।
मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।
बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो ।
नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिनुभयो ।
विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ ।
तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ ।
लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि राज्यले खर्च उपलब्ध गराएको छ । मृतकलाई सहिद घोषणा गरेर रकम पनि दिने घोषणा भइसकेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकालाई ऐतिहासिक धार्मिक पर्यटकीय शहर बनाउन पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरले चिनिएको जुम्लाको एकमात्र नगरपालिका चन्दननाथलाई पर्यटकीय शहर बनाउने प्रयास अघि बढेको छ ।
शान्तिसुरक्षा कायम गर्नु कुनै पनि राज्यको प्रमुख दायित्व हो । संसारभरि नै अहिले शान्तिसुरक्षाको विषय पेचिलो बन्दै गएको छ । युद्ध, तनाव, व्यापार अवरोध आदिले विश्वमै शान्तिसुरक्षाको विषयले उच्च प्राथमिकता पाउन थालेको छ । यो परिवेशमा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीलाई गम्भीर रूपमा हेर्नु स्वाभाविक हो । भूराजनीतिक तनावले मुलुकहरू अनेक तवरले प्रभावित छन् ।
अहिले सार्वजनिक क्षेत्रमा नैतिकता र सदाचारको आवश्यकता बढेर गएको छ किनकि सर्वसाधारणको अनुभूतिमा व्यावसायिक सदाचारको स्तर निकै खस्किएको छ । सर्वसाधारण स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन् तर त्यसप्रतिको तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन । संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतिकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ ।
देशको समग्र प्रबन्ध एवं सञ्चालनबाट जनहतिको कार्य गर्नु शासनको मुख्य उद्देश्य हो । सार्वजनिक हित एवं उद्देश्य प्राप्तिका लागि नियम कानुनको विकास गर्ने, लागु गर्ने र परिपालना गराउने समष्टिगत कार्य नै शासन हो ।
सप्तरीमा एक हजार एक सय ४३ जना नयाँ मतदाता थपिएका छन् । असोज १० देखि २७ गतेसम्मसात सय ७९ पुरूष, तीन सय ६४ महिला र सात जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिनुभयो ।