• ८ माघ २०८२, बिहिबार

सिरहामा दलका उम्मेदवार भन्दा स्वतन्त्र बढी

blog

मुख्य निर्वाचन कार्यालय सिरहा। तस्बिर : जीवछ यादव

जीवछ यादव 

लहान,माघ ८ गते।  सिरहाको चारवटै निर्वाचन क्षेत्रमा दर्ता भएका १३९ मध्ये ८५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।  दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी रहेको छ।  

जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार सिरहा –१ मा दलको उम्मेदवार १४ र स्वतन्त्र १८, सिरहा –२ मा दलको उम्मेदवार १४ र स्वतन्त्र १५, सिरहा–३ मा दलको उम्मेदवार १२ र स्वतन्त्र २९ र सिरहा–४ मा दलको उम्मेदवार १४ र स्वतन्त्र २३ रहेका छन्।  दलबाट असन्तुष्ट भएर उम्मेदवार भएका स्वतन्त्र उम्मेदवारहरुले माघ ९ गते सहमतिमा उम्मेदवार फिर्ता लियो भने संख्या घट्न सक्नेछ।  

१३९ उम्मेदवारहरु मध्ये चारवटै निर्वाचन क्षेत्रमा महिला आठ र पुरुष १३१ छन्।  प्रमुख दलबाट सिरहा ४ मा नेपाली कांग्रेसबाट चन्द्रकलादेवी यादव  रहेका छन् भने सिरहा १ बाट उज्यालो नेपालबाट ताराकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।  अधिकांश स्वतन्त्र उम्मेदवार ठूला दलका समर्थकले नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएर सवारी साधन र मतगणनाको समयमा प्रतिनिधि पठाउने सुविधा लिन उम्मेदवार भएका छन्।