• ८ माघ २०८२, बिहिबार

सरस्वतीको मूर्ति शृङ्गारिनेक्रम जारी

blog

सरस्वती पूजाका लागि बनाइएको सरस्वती माताको मूर्ति । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), माघ ८ गते । सरस्वती पूजाको पूर्वसन्ध्यामा मूर्तिकारहरूले मूर्तिलाई शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ । एक महिनादेखि लगातार मूर्ति बनाउन व्यस्त रहेका मूर्तिकार पर्खाइको समय अन्तिम भइसकेकाले धमाधम श्रृङ्गार गरी मूर्ति ग्राहकलाई दिने पर्खाइमा रहेको विष्णुपुर गाउँपालिका –५ का ४० वर्षिय प्रभु मण्डलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसपाली एकसय मूर्ति बनाएकोमा सबैको अर्डरआएको र भोलि सरस्वती पूजा भएकाले आजै (बिहीबार) बेलुकी पूजा स्थानमा लाने भएपछि आजदेखि सहज हुनेछ ।

ग्राहकहरू आउन सुरू गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालिको मूर्तिहरू अधिकांश ठुलो र डिजाइन दिएकाले आम्दानी राम्रो हुने विश्वास छ ।”