कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा हुनै अवैध चोरी निकासी रोक्न अभियान सुरु गरेको छ । सीमा क्षेत्रमा हुनसक्ने गैर कानुनी गतिविधि रोक्न प्रहरीले निगरानी बढाएको छ।
राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो ।
विकास, निर्माण र पुन:निर्माणलाई सँगसँगै लैजान गण्डकी प्रदेश सरकारले यसपालिको बजेटबाट चालु खर्च कटौती गर्ने तयारी गरेको छ ।
उच्च क्षेत्रका र दुर्गम बस्तीमा खानेपानीको सुविधा पुर्याउने उद्देश्यले यस वर्ष सल्यानको कालिमाटी गाउँपालिकामा आठ वटा ठूला लिफ्ट प्रणालीका खानेपानी योजना सञ्चालनका लागि अध्ययन कार्य सुरु भएको छ ।
कतार, साउदी अरेबिया, इङ्ल्यान्ड र सेनेगलले सन् २०२६ को फिफा विश्वकपमा स्थान बनाएका छन् ।
मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न पाएपछि उनीहरू व्यावसायिक रुपमा स्याउ खेतीतर्फ लागेका हुन् ।
नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक केहीबेर अघि सुरु भएको हो ।
काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो ।
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अपरेसन ३६५’ सुरु गरेको छ । मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनी प्रदूषण गर्ने, समाजलाई आतङ्कित एवम् शान्ति सुव्यवस्थामा खलल पार्नेलगायत गतिविधि बढेको जनगुनासो आएपछि यो अभियान सुरु गरिएको जनाइएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनार (सोनल)लाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउन पाँच दलले संयुक्त रुपमा दाबी पेश गरेका छन् ।
लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ ।
सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गर्नुभएको छ ।
अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि उपयुक्त मौसम भएकाले पर्यटकको निकै भिड लागेको छ । दसैँ तिहार बिदा र राम्रो मौसमको सदुपयोग गर्दै धेरै पर्यटक यतिखेर अन्नपूर्ण पदयात्रामा निस्किएका छन् ।