म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला/पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा शुक्रबार दुई खेल हुँदै छन् । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा शुक्रबार पहिलो खेल समूह सीको आँधीखोला गाँपालिका र गल्याङ नगरपालिकाबिच हुनेछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ ।
माघको दोस्रो सातादेखि १०औँ थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । थारु लेखक संघ नेपालको आयोजनामा तथा थारु अतिथि सेवा सदन समितिको व्यवस्थापनमा पटेर्वा सुगौली गाउँपालिका २, बेलवा, पर्सामा माघ १५ देखि १७ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको संघका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिनुभयो ।
सरकार प्रमुख जनताबाट सोझै निर्वाचित हुनुपर्ने जनता समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् पूर्व सांसद गोविन्द चौधरीले बताउनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख दलको अग्निपरीक्षा हुँदै छ । सत्तामा जान सिद्धान्त र विचार नमिल्नेसँग पनि गठबन्धन गरी चुनाव जित्ने वा चुनावलाई आफ्नो पक्षमा बनाउने अपवित्र कार्य नहुने भएको छ ।
‘एक स्वतन्त्र अनि सार्वभौम नागरिकका लागि मतदान बहुमूल्य अधिकार हो । लोकतान्त्रिक समाजमा हामीसँग भएको यो सबैभन्दा शक्तिशाली अहिंसात्मक हतियार हो, जसलाई हामीले परिवर्तनका लागि प्रयोग गर्नै पर्छ’ अमेरिकी राजनीतिज्ञ जोन लेविसले लोकतन्त्र र मतदानलाई हरेक स्वतन्त्र नागरिकको अधिकार मात्रै नभएर एक विवेकशील नागरिकका लागि देशप्रति निर्वाह गर्नुपर्ने अमूल्य कर्तव्य भनेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा अतिसंवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था अपनाइने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
मुलुकको आर्थिक–सामाजिक क्षेत्रको विकासमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको छ । मुलुकमा भएका राजनीतिक आन्दोलन र परिवर्तनमा समेत श्रमिक वर्गको महत्वपूर्ण भूमिका छ ।
जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ गरेको छ ।
नारायणगढ मुग्लिन सडकको सिमलताल नजिकै त्रिशूली नदी किनारमा भेटिएको बस उत्खनन् गर्न थप प्रयास जारी राखिने भएको छ ।