नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्कता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
१८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।
कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृति ‘अङ्कुर’को विमोचन तथा विमर्श गरिएको छ ।
संयुक्त राज्य अमेरिकाले नयाँ भन्सार शुल्क नीति लागू गरिरहेको सन्दर्भमा, मेक्सिको सरकारले देशको निर्यात व्यवसायमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले सबैभन्दा अनुकूल व्यापार सर्त सुनिश्चित गर्न पहल थालेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज हस्ताक्षर बुझाइदै छ ।
अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीले बुधबार जनाएका छन् ।
इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ ।
भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् ।
इजरायलले गाजाको राफा नाका बुधबारदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइने छन् ।
विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो।
जिल्लामा रहेको दश स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहले बीमा अनिवार्य गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ भएको छ ।
दैलेख जिल्लामा रहेको द्वन्द्व पीडितहरुले आफूहरूले न्याय पाउन नसकेको बताएका छन् ।
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ ।