धौलागिरी आयुर्वेद अस्पताल बागलुङले बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरेको छ ।
भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधबार प्रदान गरेको छ । २०८२ सालको भैरव पुरस्कार भारत सिलगुढी निवासी हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरियो । पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ ।
पश्चिम नवलपरासीको बर्दघाट–१० का २७ वर्षीय युवा खुमाकान्त न्यौपानेले सरकारी सेवाको अनुभवलाई निजी उद्यममा रूपान्तरण गर्दै व्यावसायिक पुष्पखेतीमा उदाहरणीय सफलता प्राप्त गरिरहनुभएको छ ।
दशरथ चन्द नगरपालिका–४, देवलहाटस्थित ऐतिहासिक पञ्चदेवल शिवधाम (सप्तदेवल मन्दिर) धार्मिक र सांस्कृतिक दृष्टिले मात्रै होइन, जो पुरातात्त्विक महत्वको दृष्टिले पनि अतुलनीय मानिन्छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकजना बालिकाको जमेको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ घर भएका भगवती यादवको दुई वर्षीय छोरी श्रृष्टि कुमारी यादवको जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
नेपालगन्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ । यस विमानस्थलले पश्चिम नेपालमै सबैभन्दा बढी हवाईसेवा प्रदान गर्दै आएको छ ।
सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही बिहीबार ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको व्यापार सहुलियतको म्याद थप गर्न आग्रह गर्नुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिने क्रममा वासिङ्टन डिसीमा रहनुभएका अर्थमन्त्री खनालले वाणिज्य प्रतिनिधिसँग नेपाल टे«ड प्रिफरेन्स कार्यक्रम (एनटिपिपी) को म्याद थप गर्न आग्रह गर्नुभएको हो ।
तिहारमा नेपाली उपभोक्तालाई आवश्यक पर्ने चिनी पर्याप्त रहेको जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सामान्य अवस्थामा अरूबेला मासिक १८ देखि २० हजार मेट्रिक टन चिनी खपत हुने गरेकोमा दसैँ, तिहार र छठसम्म २५ देखि ३० हजार मेट्रिक टन खपत हुने अनुमान छ ।
ललितपुरको जाउलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । यो प्रतियोगिताको अठारौँ संस्करण हो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बुधबारदेखि मेला सुरु भएको हो ।
गुल्मीको बम्घा बहुउद्देश्यीय सहकारी संस्था रुरुक्षेत्र गाउँपालिका–५ बम्घाले गाईभैँसीको दाना स्थानीय स्तरमै उत्पादनको तयारी गरेको छ ।
जलविद्युत् आयोजनाको साधारण सेयर जारी गर्न प्रक्रियामा लामो समयदेखि ढिलाइ गरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पान नेपालले कडा आन्दोलन गर्ने १५ दिने अल्टिमेटम दिएको छ ।
सिराहा, कल्याणपुर नगरपालिका वडा नं. ५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान योजनामा दुई करोड ३४ लाख ९९ हजार नौ सय ४५ रुपियाँ २२ पैसा अनियमित ढङ्गले भुक्तानी लिए दिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान
विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपियाँ ६३ पैसा र बिक्रीदर १४१ रूपियाँ २३ पैसा कायम भएको छ ।