काठमाडौँ, माघ ९ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु. नौ हजार २०० र चाँदी रु. ३२० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु. छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु. पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु. दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु. पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु. दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु. पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस