जिल्ला प्रशासन कार्यालय दैलेखले सभ्य र सुसंस्कृत समाज निर्माण गर्नका लागि ११ वटै स्थानीय तहलाई छ बुँदे परिपत्र गरेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुलसीराम भण्डारीले शिक्षण पेशाबाट अवकाशपछि व्यवसायिक फूल खेती गर्दै आउनुभएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सम्पादित कर्णाली प्रदेशका स्वास्थ्यका कार्यक्रमको समीक्षा थालिएको छ ।
गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जुम्लाको गुठीचौर गाउँपालिका–१ मा अवस्थित आकासे ताल आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्वच्छ हावा, सुन्दर प्राकृतिक दृश्य र वरपरका सेताम्मे हिमालले घेरिएको यो तालमा आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ ।
जिल्लाका द्वन्द्वपीडितले अझैसम्म पनि आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले दैलेखमा सशस्त्र द्वन्द्वको समयका पीडितहरूसँग गरेको सामुदायिक छलफलमा उनीहरूले सो गुनासो गरेका हुन् ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित हुनुभएको छ ।
सिरहा नरहा गाउँपालिका बढडा नम्बर –४ का तत्मा (दास ) दलित समुदाय सनपाट (पटुवा) को डोरी बाह्रै महिना बेचेर गुजारा गर्थे ।
दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् ।
केही महिला, बालबालिका र पुरुषको बिहानैदेखि हुलाकी राजमार्ग किनारमा जमघट थियो । दुध राखिएको भाँडा साथमा लिएका उनीहरू कसैको पर्खाइमा थिए । टिरिङ टिरिङ साइकलको घन्टी बजाउँदै जब एक वयस्क व्यक्ति उनीहरू कहाँ पुगे ।
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको सदस्य मनोनयन गरिएको छ । विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा बसेको सभाको पहिलो बैठकले सात जना विज्ञलाई सभाको सदस्य मनोनयन गरेको हो ।
कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिनुभयो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडक अभावका कारण यस वर्ष पनि किसानका स्याउ खेर जान थालेका छन् । हिमाली हावापानीका कारण यहाँ उत्पादित स्याउको स्वाद र गुणस्तर उच्च भए पनि यातायात सुविधा नहुँदा किसानले बजारसम्म स्याउ पु¥याउन सकेका छैनन् ।
स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरू किशोरकिशोरीमैत्री बन्नुपर्ने परिकल्पना अनुरूप बर्दिया जिल्लामा पनि यस्तो सेवा घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ ।