नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उमेदवारी फिर्ता लिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको हो ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन का लागि खटिने प्रहरी जनशक्ति छनोट प्रक्रिया अन्तर्गत जाजरकोटमा लिखित परीक्षा सुरु गरिएको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिनुभएका अर्का केन्द्रीय सदस्य जीवनबहादुर बुढाले उम्मेदवारी फिर्ता लिनुभएको छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानबाट दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिङे कामीले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।
महिलाहरुले पाठेघरमा भएको समस्याको खुलेर उपचार गराउन थालेका छन् । लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिलाहरु अहिले खुलेर उपचार गराउन थालेका हुन् ।
रौतहटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गौर गङा–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका –१ पथरामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो ।
इरानभर जारी विरोध प्रदर्शनमाथि भएको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ ।
जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगर पालिका वडा २९ बस्ने बर्ष २९ का सुदिप थापा मगरको शव शुक्रवार दिउँसो भेटिएको शसस्त्र प्रहरी हवल्दार गोताखोर ललितबहादुर खाम्चाले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिनुभएको छ । डा. बाबुराम भट्टराईले शुक्रबार आफ्ना निकटवर्ती नेताहरूसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिनुभएको हो ।
पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरेले आफू निर्वाचित भएमा अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समग्र पाल्पाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मोहनसिंह राठौर र क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जनकराज पाठकले उम्मेदवारी फिर्ता लिनुभएको हो ।