नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई नेबिकोले सहप्रायोजन गर्ने भएको छ ।
दक्षिण बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारदेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्लेहुँदै पोखरासम्म बस सेवा सञ्चालनमा आएको छ ।
भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ ।
पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् ।
जापानका अर्थमन्त्री कात्सुनोबु कातोले चीनले लगाएका दुर्लभ-पृथ्वी (खनिज) तत्व निर्यात प्रतिबन्धको विरुद्धमा सात राष्ट्रको समूह (जी-७) एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
महोत्तरी जिल्लामा बिरामीको उपचारमा सहजता ल्याउन प्रादेशिक अस्पताल जलेश्वरसहित विभिन्न स्वास्थ्य संस्थाहरूमा मेडिकल उपकरण तथा सामग्री वितरण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्यरूपमा केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए) लाई कारबाही गर्न अनुमति दिनुभएको सङ्केत गर्नु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ।
जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । जुन आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भए पछिको सबै भन्दा बढी हो ।
स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । पूर्वशिक्षकसमेत रहनुभएका उहाँले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आउनुभएको हो ।
अफगानिस्तान र पाकिस्तानबिच पछिल्ला दिनमा भएको घातक सीमापार झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि दुवै देशबीच बिहीबार युद्धविराम लागू भएको छ ।
आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबिच मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
रौतहटमा दिनहुँ युवा मतदाताको संख्या थपिँदै गएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिए संगै दिनहुँ सयौंको संख्यामा मतदाता थपिने क्रम जारि रहेको छ ।
पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको पोटरी स्क्वायर क्षेत्रमा माटोका भाँडामा लोभिन थालेका छन् ।
७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।