मोरङका विभिन्न स्थानमा परिचालित सादा पोसाकका प्रहरी (घुमुवा) को जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटमा लामो समयदेखि परिचालित घुमुवा प्रहरीको जिम्मेवारी खोसिएको हो ।
बुद्धसँग सम्बन्धित क्षेत्रको एकीकृत विकासका लागि ग्रेटर लुम्बिनीको अवधारणा अगाडि सारिएको छ । विश्व बैङ्कको सहयोगमा सहरी विकास मन्त्रालयबाट तयारीको चरणमा रहेको बृहत् लुम्बिनी क्षेत्र विकास आयोजना (ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्ट) ले पश्चिम नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित महत्वपूर्ण पुरातात्त्विक स्थलको विकासका लागि सरोकारवालासँग छलफल तथा परामर्श गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि प्रसूतिका लागि आउने गर्भवतीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले १० महिनाअघिदेखि प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको हो । यसबाट सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुँदै आएको हो ।
बाजुराका भूकम्प तथा बाढीपहिरोपीडित यति बेला फेरि त्रसित बन्दै गएका छन् । विगत दुई वर्षदेखि पटक–पटक जाने गरेको भूकम्पका कारण घर चर्किएर त्रसित बन्दै गरेका यहाँका स्थानीय बुधबार राति गएको भूकम्पले घर हल्लिएपछि उनीहरु फेरि त्रसित बनेका हुन् ।
नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्ने सुन्दर फुतफुते झरना ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
बाजुराका नयाँ पुस्ताका महिलाहरुले यती बेला धमाधम छाउगोठ त्याग्न थालेका छन् । पुराना पुस्ताका महिलाहरु महिनावारी भएको बेलामा घरदेखि टाढा निर्माण गरेको छाउगोठमा सुत्ने गरेकाले नयाँ पुस्ताका महिलाहरुले पनि उनीहरुकै सिको गर्दा छाउगोठमा बस्नु पर्ने बाध्य हुँदै आएका थिए ।
अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपल्लाचौरस्थित दावगरा बसपार्कमा हुने खेलको औपचारिक उद्घाटन बिहीबार हुने भएपनि खेल भने बुधबारदेखिनै सुरु भएको हो ।
जेनजी समूहको आन्दोलनका व्रmममा बागमती प्रदेशमा क्षति पुगेका आधा दर्जन मन्त्रालयले अन्य कार्यालयसँग शरण लिएर सेवा प्रारम्भ गरेका छन् । मन्त्रालयका महìवपूर्ण कागजात र संरचना जलेर बस्न नमिल्ने अवस्था आएपछि ती मन्त्रालयले अन्य मन्त्रालयका भवन तथा मातहतका निर्देशनालयका भवनबाट सेवा प्रवाह सुचारु गरेका हुन् ।
लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरेनीमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन् ।