अमन कन्स्ट्रक्सन गुलरिया-५, बर्दियाले २०७८ जेठ ३० गतेसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म निर्माण कार्य पुरा भएको छैन ।
जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी, करार र ज्यालादारीमा कार्यरत १९ जना कर्मचारीलाई सम्झौता रद्द गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ ।
कपिलबस्तुमा भर्मी कम्पोस्ट मल उत्पादन र यसको प्रभावकारी बजारीकरणका लागि सरोकारवाला बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यहाँको लालझाडी गाउँपालिका–२, कञ्जमा बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास (सेफ हाउस ) निर्माण गरिने भएको छ । गाउँपालिका र ‘पेशवान’ नामक गैरसरकारी संस्थाको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण सुरु गरिएको हो ।
दाङमा स्थानीय फूल खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय तहहरूले प्लास्टिक मालामा प्रतिबन्ध लगाएका छन् ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल सुरु गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा अहिले आयोगमा दलहरूको बैठक बसिरहेको हो ।
अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शान्ता अधिकारीचितवन, असोज ३० गते । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाहरुको आवाज आफ्नो पनि आवाज भएको बताउनुभएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक गृह जिल्ला आउनुभएका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले चितवन पार्टीले बिहीबार बिहान आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै त्यस्तो बताउनुभएको हो ।सम्बोधनका क्रममा संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलनमा भएको धनजनको क्षतिको प्रमुख दोषी तत्कालीन सरकार भएको पनि बताउनुभयो । उक्त क्षति सरकारकोे लापरबाहीसँगै ठुला दलको दम्भले भएको उहाँको भनाइ थियो ।संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सङ्गठित भएको युवाको आन्दोलनलाई “नयाँ राजनीतिक चेतना” को सङ्केतको रूपमा लिँदै विगतदेखि माओवादीले उठाउँदै आएका मागहरूसँग मेल खाने प्रकृतिका भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।” संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा भएको मानवीय र भौतिक क्षति गम्भीर सुरक्षा लापरबाहीका कारण भएको आरोप लगाउनुभयो । अन्तर्राष्ट्रिय समुदायसमेतले गरेको ठहरका विषय उठाउँदै उहाँले भन्नुभयो, “युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो ।”संयोजक प्रचण्डले घटना हुँदै गर्दा आफूहरु मध्यपहाडी लोकमार्गको यात्रामा रहेको र घटनापछि २३ गते राति नै काठमाडौँ फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको पनि दाबी गर्नुभयो । प्रचण्डले भन्नुभयो, “हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो ।” प्रचण्डले २४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसङ्ग उठाउँदै देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्कोे उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यकर्तालाई निर्वाचनका लागि एकताबद्ध हुन पनि उहाँले निर्देशन दिनुभयो ।संयोजक प्रचण्डले संसद पुनःस्थापना हुनसक्ने भए पनि उक्त एजेण्डा अब गौण बनिसकेको र एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको र एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई लक्षित गर्दै संयोजक प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमीक्षा नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर आज पनि कुनै पश्चात्ताप छैन ।”पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिनुभयो । उहाँले समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुने र त्यसपछि दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने रहेको पनि खुलासा गर्नुभयो ।पार्टीको भविष्यप्रति विश्वस्त देखिनुभएका संयोजक प्रचण्डले हालै देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेको दाबी गर्दै माओवादी केन्द्र फेरि जनताको विश्वास प्राप्त गरेर मूलधारको पार्टी बन्ने निश्चित रहेको पनि बताउनुभयो ।
पृथ्वी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्डमा खाल्डाखुल्डी भएको सडक मर्मत तथा कालोपत्रे गरिएको छ ।
गोरखाको पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषि उत्पदानलाई सहजै रुपमा बजारसम्म पुर्याउन बिहीबारबाट कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।
यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार दुई हजार रुपियाँले बढेर सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ ।