गुणबहादुर रोका
सुलीकोट, माघ ९ गते । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदावरी फिर्ता लिनुभएको छ । डा. बाबुराम भट्टराईले शुक्रबार आफ्ना निकटवर्ती नेताहरूसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिनुभएको हो ।
पूर्व प्रधानमन्त्री भट्टराई गोरखा-२ बाट उम्मेदवार बनेपछि राजनीतिक वृत्तमा चासो बढेको थियो । तर पछिल्लो राजनीतिक समीकरण र सहमतिको प्रयासलाई ध्यानमा राख्दै उहाँले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो ।
डा. भट्टराईको सचिवालय स्रोतको अनुसार नेपाली कम्युिनष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितका नेताले अभिभावकिय भूमिका निर्वाह गर्दै सहजीकरण गरिदिन आग्रह गरेका कारण फिर्ता लिइएको बताइएको छ ।
गोरखाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका गोरखा क्षेत्र नम्बर-१ उम्मेदार गोपालबाबू श्रेष्ठ र क्षेत्र नम्बर-२ मा डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको जनाइएको छ ।