• ९ माघ २०८२, शुक्रबार

म्याग्दीमा स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

blog

स्वतन्त्र उम्मेदवारी फिर्ता लिँदै नविन जिसी । तस्बिरः साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ), माघ ९ गते । म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।

एउटा निर्वाचन क्षेत्र भएको म्याग्दीमा १३ जनाको उम्मेदवारी परेको छ । शुक्रबार एक जनाले उम्मेदवारी फिर्ता लिएपछि १२ जनाको कायम भएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो । रास्वपाबाट उम्मेदवार बन्नुभएका युवराज रोका मगरले फिर्ता लिन मुख्य निर्वाचन कार्यालयमा पुगे पनि तोकिएको समय सिमा सकिएपछि दर्ता हुन सकेन ।