राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता गर्नुभएको छ।
सरकारले निर्वाचनमा सुरक्षाको वातावरण प्रत्याभूति गराउन सकेमा आगामी निर्वाचनमा भाग लिन तयार रहेको राजनीतिक दलले बताएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताउनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उहाँले सरकारले फागुन २१ मा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने बताउनुभयो।
सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितको समस्या समाधानका लागि पहल लिनुभएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल भएको छ।
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (एनएएमएस) बिच खेलाडी, प्रशिक्षक र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
भियतनाममा सम्पन्न एएफसी एसियन कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गर्नुभएपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ ।
भारतको मुम्बई सहरमा बन्दी बनाइएका दुई इरानी माझीलाई रिहा गरी आफ्नो स्वदेश फर्काइएको सरकारी समाचार एजेन्सी आइआरआइबीले जनाएको छ ।
बाजुराको जगनाथ गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
हप्तौँदेखि चलिरहेको विरोध प्रदर्शन र सैन्य हस्तक्षेपले देशलाई सङ्कटमा पारेपछि मडागास्करका पदच्युत राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलो पटक आफू देशबाट पलायन गरेको पुष्टि गर्नु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिनुभएको छ ।