निर्वाचन आयोगले आमनिर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। शुक्रबार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सञ्चालन हुने गरी गरी खाताको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्राचार गरेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।
गीतकार डा. रमिल अधिकारीले अशक्त प्रेमराज अधिकारीको परिवारलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गर्नुभएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा चुनावी माहोल तात्दै जान थालेको छ । यहाँ दल तथा स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा हुनुहुन्छ ।
आगामी महिनामा आयोजना हुने टी-२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो ।
पोखरामा शुक्रबारदेखि सुरु भएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ ।
अघिल्लो प्रतिनिधिसभा चुनावमा देशैभर दलहरु विभिन्न खालका गठबन्धन गरी मैदानमा थिए। त्यस बेला समानुपातिकमा आएको मत नै दलहरुको खास मत मान्नुपर्ने हुन्छ।
सानोठिमी भक्तपुरमा रहेको बाल सुधार गृहमा माघ ८ गते राती भएको झडपमा केन्द्रित भएर समस्याको दीर्घकालीन समाधानका लागि गृहमन्त्री ओम प्रकाश अर्याल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलगायतका उच्च अधिकारीबिच सघन छलफल भएको छ।
बर्दियामा प्रतिनिधि सभाको निर्वाचनका लागि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके २ बाट उम्मेदवारी दर्ता गराउनु भएका २२ जना मध्ये दुई जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको छ।
विश्वभरका अनौठा, रमाइला र रोचक घटना यस हप्ताको समाचारमा समेटिएका छन् । डाभोसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि उभिएर आफ्नो सनग्लास लगाएको दृश्यले सबैको ध्यान खिचेको छ ।
माघ ६ गते मनोनयन दर्ता गरेका एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एक स्वतन्त्र सहित १२ जना उम्मेदवार कायम भएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो।