काठमाडौँ, माघ ९ गते। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गर्नुभएको छ।
पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारे लगत्तै सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उहाँले आम कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको भन्दै अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैमा अपिल गर्नुभएको हो।
‘नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रुपान्तरणको विषयलाई पैरवी गरिरह्यौं। हामीले नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरु निरन्तर उठाइरह्यौं। आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन। देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौं।’