आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लागि जिल्ला प्रहरी कार्यालयले अपुग निर्वाचन प्रहरीको माग गरेको छ । यहाँ निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा एक हजार ३१८ जनाले मात्रै आवेदन दिएका थिए ।
जुम्लामा मध्य रातिदेखि हिमपात भएको छ । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो । तर यस पटकको हिमपात मध्य रातिदेखि भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जेनजी आन्दोलनको प्रभाव स्वरूप सङ्घीय चुनाव नजिकिँदै जाँदा मतदाता शिक्षाले निर्णायक भूमिका खेल्ने छ । मतदाता शिक्षाले नै चुनावी परिणामलाई वास्तविक आकार दिनका लागि उत्प्रेरक भूमिका निर्वाह गर्न सक्छ । हाम्रो परिवेशमा राजनीतिक सङ्क्रमण, सङ्घीय पुनर्संरचना र शासन व्यवस्थाको चुनौतीका रूपमा मतदाता शिक्षा केवल साक्षरता र औपचारिक शिक्षासँग मात्र सम्बन्धित विषय होइन । यसले समग्रमा आमजनतालाई राजनीतिक जागरूकता, संवैधानिक समझ, आलोचनात्मक तर्क र नागरिक जिम्मेवारीबोध गराउँछ । आ
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सप्तरीबाट तीन जना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्य
अध्यापन वा पठनपाठन गर्ने काम शिक्षण कला हो । यो कला व्यक्तिपिच्छे फरक हुन्छ । अनुभवका हिसाबले विगत करिब ३६/३९ (विसं २०४३–२०४६) वर्ष अगाडिको कुरा हो । त्यस बखत मैले माध्यमिक तहमा गणित तथा विज्ञान विषय पठनपाठन गराउँदै आइरहेको थिएँ ।
कोशी प्रदेशमा प्रदेश सभा सदस्य एक र चार स्थानीय तहका प्रमुख÷उपाध्यक्ष÷वडाध्यक्ष पद रिक्त भएका छन् । उहाँहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दलबाट मनोनयन दर्ता गरेपछि ती पद रिक्त भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अब हरेक अदालतमा भिडियोमार्फत बहस पैरवी गराउने व्यवस्था गरिने बताउनुभएको छ ।
कुनै बेला बैङ्कका शाखा कार्यालय जिल्ला सदरमुकाममा मात्रै सीमित थिए । सेवाग्राहीले एउटा चेक साट्न कार्यालयका कोठा कोठा चहार्दै पाँच जनासम्म कर्मचारीसँग पुग्नु पथ्र्यो । बचत गर्ने ग्राहकलाई हस्तलिखित पासबुक उपलब्ध गराइएको हुन्थ्यो । मासिक रूपमा ब्याज हिसाब गरी पासबुकमा चढाइन्थ्यो । बजारका ठुला व्यापारीलाई दुई वटा साँचो भएको कन्तुरो या बाकस (ढुकुटी)
जीवनको सबैभन्दा नाजुक तर सुन्दर चरण भनेकै जन्मअगाडि बित्ने क्षण हुन् । आमाको कोखभित्र कण कण जोडिँदै एक दिन संसारमा आउने प्रतीक्षामा एउटा सानो मानिसले शान्त रूपमा अव्यक्त भाषा बोलिरहेको हुन्छ । उसको कुनै आवाज हुँदैन तर उसले देखाउने सङ्केत, चाल र सानासाना गतिविधिले आफ्ना भावना व्यक्त गरिरहेका हुन्छन् । गर्भको जीवन जति अद्भूत छ, त्यति नै नाजु
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले सुधारिएको कांग्रेसले देश बदल्ने बताउनुभएको छ। विशेष महाधिवेशनबाट बनेको एकताबद्ध र रुपान्तरित कांग्रेसले देश बदल्ने समेत दाबी गर्नुभयो।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । पालिकाको केन्द्र हाङपाङमा निर्माण सम्पन्न भएको नव निर्मित भवनबाट नै सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको हो ।
पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी व्रत गर्ने परम्परा छ । विधिपूर्वक व्रत लिनेले दिनहुँ स्नान गरी चोखो खाएर मध्याह्नमा विधिपूर्वक स्वस्थानी परमेश्वरीको पूजा र उनको माहत्म्य वाचन वा श्रवण गर्छन् । विधिपूर्वक व्रत गर्न नसक्नेले दैनिक बिहान वा बेलुकी श्रीस्वस्थानी व्रतकथा पढ्ने–सुन्ने चलन छ । कतिपयले भने माघ शुक्ल पूर्णिमाका एक दिन मात्र विधिपूर्वक स्वस्थानीको व्रत लिन्छन् । पूजा गर्छन् ।