बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ ।
सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन ।
मानिसहरु हरेक दिन उठ्ने बित्तीकै सामाजिक सञ्जाल हेरेर आफ्नो धारणा बनाउँछन् । धेरै समय मोबाइलमा बिताउने गर्छन् । तिलोत्तमाका पुष्प ब्यबसायी ईश्वरी भण्डारी भने मोबाईलको साटो बिहान उठ्ने बित्तीकै फूलका बिरुवाको स्याहारमा लाग्नुहुन्छ । फूल बेचेर राम्रो आम्दानी पनि गर्नुभएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आसन्न तिहार र छठ पर्वमा प्राकृतिक फूल तथा फलफूलको माला मात्र प्रयोग गर्न आग्रह गरेको छ । यस्तो सूचना जारी गर्ने पश्चिम नवलपरासीका स्थानीय तहहरूमध्ये यो पहिलो स्थानीय तह हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
कञ्चनपुरबाट श्रमजीवी किसानको प्रतिनिधित्व गर्दै आएका दुई सङ्गठनले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै भूमि समस्या समाधान आयोग तत्काल पुनर्स्थापनाको माग अघि सारेका छन् ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
कालीकोट जिल्लाका केही ठाउँमा मोबाइल सेवा सहज नचल्दा नागरिक अझै पनि मोबाइल फोन सम्पर्कभन्दा बाहिर छन् । जिल्लामा फाइब जी सेवा सञ्चालन भए पनि जिल्लाका केही ग्रामीण ठाउँमा फोन सेवासमेत सहज रूपमा चल्न सकेको छैन । फोन सेवा सहज नहुँदा आफन्तसँग कुरा गर्न घरको छाना वा बसेको स्थानबाट माथि अग्लो पाखातिर जानुपर्ने बाध्यता छ ।
बागलुङमा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, उनिहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउन, शारिरीक तथा मानसिक विकासमा समेत प्रभावकारी हुने आर्युर्वेद औषधी ‘स्वर्णविन्दु प्राशन खुवाइएको हो ।
बैतडीमा धमाधम नयाँ मतदाता थपिन थालेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएसँगै दुई हप्तामै २३४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीमा दैनिक ४० देखि ४५ जना नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आउने गरेको निमित्त कार्यालय प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो । तिहारपछि यो सङ्ख्या अझै बढ्न सक्ने उहाँले उहाँले बताउनुभयो । निर्वाचन आयोगले यही असोज ९ गतेदेखि आउँदो कात्तिक २८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित निजी अस्पतालमा कार्यरत नर्स आन्दोलित भएका छन् । अस्पतालमा श्रमशोषण भएको भन्दै उनीहरू सङ्घर्षमा उत्रेका हुन् । आन्दोलित नर्सले श्रमशोषण र दमन अन्त्यका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालय कैलालीअगाडि धर्ना दिएका छन् । ‘नर्स बाहिर, समस्या भित्र’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले धर्ना दिएका थिए ।
सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चार महिनापछि बल्ल बस सञ्चालन हुन थालेका छन् ।
नेपाली क्रिकेटले पुनः एक पटक सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याएको छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । नेपालका लागि यो सफलता अत्यावश्यक पनि थियो । हाल राजनीतिक अस्थिरताले मात्र चर्चामा रहने नेपालको चर्चा राम्रो कारणले विश्वमा भयो ।
प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधनले स्तब्ध भएको बताउनुभएको छ ।