अर्जुन काफ्ले
स्याङ्जा, माघ १० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लागि जिल्ला प्रहरी कार्यालयले अपुग निर्वाचन प्रहरीको माग गरेको छ । यहाँ निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा एक हजार ३१८ जनाले मात्रै आवेदन दिएका थिए ।
आवेदन दिदै ८०८ जना निर्वाचन प्रहररी कमी देखिएको यहाँ विभिन्न परीक्षामा एक सयभन्दा बढी अनुत्तीर्ण अनुपस्थित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार र आइतबार दुई दिन उम्मेदवारले फारम दर्ता गर्न पाउने छन् भने १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ ।
पहिलो चरणमा यहाँ माघ १ गतेसम्म आवेदन लिएको प्रहरीले आवेदन नपरेपछि माघ ३ गतेसम्म समय बढाइएको थियो ।
आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने शर्त तोकिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी तथा पूर्व वन रक्षक, साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा विभिन्न पदमा भनाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेश पत्रका आधारमा प्राथमिकता दिएका छ ।
यसअघि प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्तिलाई समेत प्राथमिकतामा राखिएको प्रहरी नायाब उपरीक्षक प्रसन्न राज चौधरीले बताउनुभयो ।