• १४ चैत २०८२, शनिबार

मिलन र सुनसरीलाई ट्रेल रेस उपाधि

blog

खुला ट्रेल रेसका पदक विजेता ।

काठमाडौँ, चैत १४ गते । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ/शिवपुरी खुला ट्रेल रेसको उपाधि जित्नुभएको छ । शनिबार भएको १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो हुनुभएको हो । 

आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ ले आयोजना गरेको दौडमा मिलनले एक घण्टा ३५ मिनेट ४६ सेकेन्डमा दौड पूरा गर्नुभयो । यस्तै प्रताप थाम्सुहाङ दोस्रो र करण रावल तेस्रो हुनुभयो । लोकेन्द्र राई चौथो र विशाल राई पाँचौँ स्थानमा रहनुभयो । 

महिलामा सुनसरीले निर्धारित दूरी तय गर्न एक घण्टा ५८ मिनेट चार सेकेन्ड समय खर्चिनुभयो । राज्यलक्ष्मी रावल दोस्रो, गीता नेपाली तेस्रो, आश्मा विक चौथो र मन्जु सुनुवार पाँचौँ हुनुभयो । 

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ शीर्ष तीन स्थान हात पार्नेलाई क्रमश: ४० हजार, २५ हजार र १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । चौथो र पाँचौँ स्थानमा रहनेलाई जनही पाँच हजार रुपियाँ प्रदान गरियो । दौडमा दुई सय ४० जनाको सहभागिता रहेको थियो ।