• १४ चैत २०८२, शनिबार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

blog

काभ्रेपलाञ्चोक, चैत १४ गते । आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका-८ मा जिपले ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा-१० पुलबजारका ८० वर्षका गङ्गालाल मानन्धरको मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस