शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नयाँदिल्ली, चैत १४ गते । जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम-पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् ।
प्राकृतिक प्रकोपपछि धेरै सवारी साधन भग्नावशेष मुनि फसेको जनाउँदै दुर्घटनापछि हालसम्म राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार शवको बरामद र घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएसँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ । रासस/सिन्ह्वा