सुनसरीको सीमावर्ती कोशी गाउँपालिका १, २ र ३ नम्बर वडाको राजमार्ग क्षेत्रमा स्थानीय गौरीशङ्कर एग्रो इन्डष्ट्रिज प्रालिको दाना उद्योगका कारणले डुबानमा परेको गुनासो बाहिर आएको छ ।
बाजुराका किसानले स्याउ बिक्री गरेर एक करोड २० लाख आम्दानी गरेका छन् । यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह गौमुलका किसानहरु स्याउ उत्पादन गरी देशका विभिन्न सहरमा बिक्री गर्दै आएका छन् ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । यद्यपि नेपालमै रहेको सगरमाथासँग जोडिएर कथा तयार गरेर नेपाली चलचित्र बल्ल तयार भएको छ ।
बसले स्कुटरलाई ठक्कर दिदाँ गोरखाका एक जना युवा दामोदर घिमिरेको मृत्यु भएको छ । चितवनबाट घर गोरखातर्फ आउँदै गर्दा भरतपुर महानगरपालिका – १ रामनगरस्थित सडकमा बा. प्र ०१–००१ प १६८४ नम्बरको बसले ग २० प ८५५९ नम्बरको स्कुटरलाई १२ः४५ बजे ठक्कर दिई उपचारको क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन मङ्सिरमै सम्पन्न गर्नुपर्ने प्रस्ताव गर्नुभभएको छ ।
बालअधिकार भनेको बालबालिकाका लागि लागु हुने विशेष अधिकार हो ।
शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक, सामाजिक आदि रूपले परिपक्व नभएका उमेर समूहलाई बालबालिका भनिन्छ । हरेक देशको कानुनले बालबालिकाको उमेर समूह तोक्ने गर्दछ । नेपालको कानुनले १६ वर्षभन्दा कम उमेरकालाई बालबालिका भनेको छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिले बालबालिकाको उमेर १८ वर्षसम्म हुने भनेको छ ।
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र पारिएको छ ।
साथीहरू, म अहिले कक्षा ५ मा अध्ययन गर्दै छु । भदौ २९ गते हामी राष्ट्रिय बालदिवस मनाउँदै छौँ । बालदिवस नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि मनाउने गरिन्छ तर अन्तर्राष्ट्रिय दिवसको मिति फरक हुन्छ ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् ।
नेपालकै अत्यधिक गर्मी हुने ठाउँ भनेर चिनिएको बाँकेको नेपालगन्जमा दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पेनसिप हुने भएको छ ।
आगामी फगुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा युवाहरूको उत्साहजनक सहभागिता पाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै ३५ दिनपछि राष्ट्रिय परिचयपत्र सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गते
आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । आँटेका काममा सामान्य बाधाअड्चन देखापर्ने छन् । अनावश्यक खर्चको मात्रा बढेर जाला