बागलुङको बडीगाड गाउँपालिका–५, कालीमाटीखोला किनारको ओडारमा रात बिताउँदै आएको एक परिवारलाई आश्रयको व्यवस्था गरिएको छ । वडा र गाउँपालिकाको समन्वयमा बडीगाड गाउँपालिका–४, जलजलाका केशव पुनको परिवारलाई आश्रयको व्यवस्था गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
गोरखाको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको बारपाक सुलीकोट गाउँपालिका पछिल्ला वर्ष कृषि क्षेत्रबाट पनि पहिचान बनाउन थालेको छ । गाउँपालिकाको वडा नं. १ का कृषक चन्द्रबहादुर घले अहिले किवी खेतीका कारण स्थानीय र आसपासका क्षेत्रमा उदाहरणीय बन्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएको छ ।
बागलुङमा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगितामा बिहीबार भएका खेल जित्दै काठेखोला, बरेङ, निसी गाउँपालिका र गलकोट नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन सार्वजनिक हुँदै जाँदा रुपन्देहीका अदालतमा पनि ठुलो क्षति पुगेको खुलेको छ । प्रदर्शनले हिंसात्मक रूप लिएपछि सरकारी तथा निजी भवनसहित अदालतहरू पनि आगजनी र तोडफोडको सिकार बनेका थिए । त्यस क्रममा रुपन्देही जिल्ला अदालत र उच्च अदालत बुटवल इजलासमा रहेका अनेकौँ महत्वपूर्ण मुद्दाका फाइल र अभिलेख जलेर नष्ट भएका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा एक जीवित नवजात शिशु फेला परेको छ । बिहीबार भार्गेश्वर पोखरी नजिकको धानखेतमा करिब १५/१६ दिनको पुरुष शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जनाउनुभयो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी सरकारी सेवामा कार्यरत चिकित्सकले निजी क्लिनिकमा काम गर्न थालेको भन्दै कडाइ गरेको छ । मन्त्रालयले बुधबार आफ्ना मातहतका सबै अस्पताललाई परिपत्र जारी गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ लाई कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
बुटवल उपमहानगरपालिकाले तिहार तथा छठपर्वका अवसरमा प्लास्टिकका फूल बिक्रीवितरण र प्रयोग नगर्न बुटवलवासीलाई आग्रह गरेको छ ।
नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो ।
सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ ।
समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो ।
नेपाल टेलिकम कर्णाली प्रदेशले सञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कर्णाली प्रादेशिक निर्देशनालय, सुर्खेतका निर्देशक डा. कमल लामिछानेका अनुसार बुलबुले, एयरपोर्ट र रंगशाला क्षेत्रमा नयाँ टावर निर्माण सम्पन्न भइसकेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गर्नुभएको छ । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ ।