पश्चिम नेपालको प्रमुख नाका मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले ६ महिनामा नौ अर्ब ३४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पहराती हो राम, जागल रहु रातिभरि गामके रखबाली तोंहे, जिम्मे अछि सारि मिथिला क्षेत्रमा गाइने प्रचलित यो लोकभाकाको धार्मिक तथा सांस्कृतिक महìव छ । खासगरी मङ्सिर महिनामा सुरु भई माघ मसान्तसम्म पहराती भाका गाइन्छ, जसलाई बोलीचालीको भाषामा पराती पनि भनि
प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ ।
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन यही माघ १८ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन माघ १८ गते आइतबार दिउँसो १ बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा महिलाको उम्मेदवारी न्यून परेको छ । राजनीतिक चेत र क्षमता भएका थुप्रै महिला भए पनि ठुलासहित विभिन्न दलले अर्थपूर्ण अवसर नदिएपछि कमै महिलाले उम्मेदवार बन्ने मौका पाएका छन् । राज्यका हरेक निकायमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने व्यवस्था संविधानमै छ । यो प्रदेशमा भने प्रतिनिधि सभा सदस्यका लागि ८.५७ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको छ ।
हिमाली जिल्ला हुम्लामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्रका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली गाउँपालिका लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको हो ।
तल्लो मुस्ताङमा चार वर्षपछि यस सिजनको पहिलो पटक हिमपात भएको छ । गएरातिदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बजार तथा ग्रामीण क्षेत्रमा हिमपात भइरहेको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरबाट सङ्घ र प्रदेशका गरी चार पूर्वमन्त्री चुनावी मैदानमा छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट चार पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका हुन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालपका अध्यक्ष विद्यानन्द चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड श्रीलंकामा शुक्रबार प्रदान गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलले उम्मेदवारको मनोनयन दर्ता गरेसँगै मतदाताकेन्द्रित अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले चुनावलक्षित अभियान सुरु गरेका हुन् । दलले निर्वाचन परिचालन कमिटी क्षेत्र र पालिकास्तरमा भेला गरिरहेका छन् ।
लामो समयदेखि वर्षा नहुँदा हैरानी खेपिरहेका बैतडीसहित सुदूरपश्चिमका जिल्लामा शुक्रबार भएको वर्षा र हिमपातले किसानलाई ठुलो राहत पुगेको छ ।
प्रदेश सभामा २०७९ सालको निर्वाचनबाट निर्वाचित भएका चार जना सदस्यले कार्यकाल पूरा नहुँदै पद त्याग गरी प्रतिनिधि सभा सदस्य बन्न चुनावी मैदानमा होमिएका छन् । लुम्बिनी प्रदेश सभा अन्तर्गत दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की प्रदेश सभाको कार्य अवधि नसकिँदै राजीनामा दिएर दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट तीनजना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिनु भएको हो ।
डोटीको बडिकेदार गाउँपालिका – २ सडेखानमास्थित घरमा चट्याङ परेर दुई बालका घाइते भएको छन् ।