शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डिलबहादुर सिंह
डोटी, माघ १० गते । डोटीको बडिकेदार गाउँपालिका – २ सडेखानमास्थित घरमा चट्याङ परेर दुई बालका घाइते भएको छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीय घन्सराम लामिछानेको तीन कोठे एक तले कच्चीघरमा चट्याङ पर्दा उहाँका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेर बहादुर लामिछाने मगरको १३ वर्षीया छोरा गोकुल लामिछाने मगर घाइते हुनुभएको हो ।
चट्याङका कारणले दीपेश बेहोस हुनुभएको थियो भने गोकुलको पिठ्युमा चट्याङको झिल्का लागेको छ । घाइते दुबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
चट्याङले घरमा जडित विद्युतीय मिटर बक्स जलेको र घरका भित्ताहरु चर्किएका बताइएको छ ।