• १० माघ २०८२, शनिबार

धनकुटामा दोस्रो पटक निर्वाचन प्रहरीमा दरखास्त आह्वान

blog

निर्वाचन प्रहरीमा आवेदन दिँदै स्थानीय । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 
हिले, माघ ११ गते ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ । यसअघि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दरखास्त खुलाइएको जनाइएको छ । ६७ जना निर्वाचन प्रहरी अपुग भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।

शनिबार र आइतवाका लागि निवेदन दिन समय थप गरिएको हो । दरखास्त जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट दर्ता गर्न सकिने जनाइएको छ ।

धनकुटामा कुल एक हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ बाट माघ १ गतेसम्मका लागि दरखास्त आह्वान गरेको थियो ।  सो अवधिमा धनकुटामा कुल आठ सय ७६ जनाको मात्र आवेदन परेपछि माघ ३ गतेसम्मलाई म्याद थप गरिएको थियो । अहिले पुनः दोस्रोपटक म्याद थप गरिएको हो ।