अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र भन्सारमा सुशासनको प्रत्याभूत हुने बताउनुभएको छ । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेन्ट सङ्घ, काठमाडौँले शुक्रबार आयोजना गरेको राजस्व सुरक्षण र व्यापार सहजीकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, निजी क्षेत्र तथा भन्सार एजेन्टबिच साझेदारी विषयमा आयोजित अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्र आफ्नै सामथ्र्य बिर्सेर अलमलमा परेको सरोकारवालाले बताएका छन् । विराटनगरमा राष्ट्रिय व्यावसायिक पहल तथा उद्योग सङ्गठन मोरङले नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशीसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको बृहत् अन्तर्क्रियामा उनीहरूले यस्तो बताएका हुन् ।
स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीका २८ वर्षीय शोभाकान्त ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर प्रचारप्रसारमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर चुनावी मैदानमा होमिएका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत निर्देशित गरी जनताको जीवनस्तर उकास्न सांसदको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभएको छ । उहाँले राष्ट्रिय सभामा विगतदेखि हुँदै आएका असल अभ्यासलाई अझै सुदृढ र व्यवस्थित बनाउन सबैको योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार बन्नुभएको छ । उहाँको उम्मेदवारीसँगै रुकुमपूर्वको चुनावी माहोल तातेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा परिचालन हुने निर्वाचन प्रहरीका लागि बेनीको खुल्लामञ्च खेल मैदानमा लिखित परीक्षा लिइएको छ ।
पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने बताउनु भएको छ । उहाँले त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन जोड पनि दिनु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताउनुभएको छ।
रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका–१ पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।