नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।
डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको बक्यौता महसुल भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले ताकिता गरेपछि बक्यौता रहेका उद्योगहरू सम्पर्कमा आई महसुल तिर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नवनेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् ।
जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको करिब दुई अर्ब रुपियाँ भुक्तानी भइसकेको छ ।
हालैको अविरल वर्षा र बाढीले महोत्तरी जिल्लाको कृषि क्षेत्रमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार बाढी, डुबान र लगातारको वर्षाले धान, उखु, तरकारी, फलफूल, दलहन र नर्सरी क्षेत्रलाई ठुलो नोक्सानी पु¥याएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ । असोज २८ गते सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि स्थगित केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार प्रस्तुत प्रस्तावमाथि छलफल प्रारम्भ भएको हो ।
प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्चमा जाने वा नजाने विषयमा आफ्नो स्वविवेक प्रयोग गर्न कानुनविद्ले सभामुख देवराज घिमिरेलाई सुझाव दिएका छन् । विघटनका विषयमा घिमिरेले दुई दिनयता राजनीतिक र कानुनी परामर्श जारी राख्नुभएको छ । बिहीबार नेपाल बार एसोसिएसनका पदाधिकारी र पूर्वमहान्यायाधिवक्तासँग घिमिरेले परामर्श गर्नुभएको हो । बार पदाधिकारीले स्वविवेक प्रयोग गर्न सुझाव दिँदा पूर्वमहान्यायाधिवक्ताहरूले भने मिश्रित धारणा सभामुखलाई दिएका छन् ।
नेपालको ख्यातिप्राप्त निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । दलको अध्यक्ष दिनेशराज प्रसाईं हुनुहुन्छ । सो दलले बुधबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले कामको समायोजन, स्थान व्यवस्थापनमार्फत अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा भएको संयुक्त छलफलका क्रममा उहाँले क्षतिग्रस्त जिल्ला अदालतको भवनको विकल्पमा प्राधिकरणको भवन प्रयोगमा ल्याएर पनि अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको हो ।
जेनजीको विद्रोहपछि सुशासन, पारदर्शी सेवा प्रवाह, प्रणालीगत सुधारसहितका नवीनतम् दृष्टिकोण र निर्वाचन गराउने अभिभारासहित सरकार विस्तार भएको एक महिना पूरा भएको छ । भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उहाँले भदौ ३० गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरी देशको विषम परिस्थितिलाई अग्रगति प्रदान गर्ने यात्रा प्रारम्भ गर्नुभएको हो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी–विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताउनुभयो ।
यमनी हुथी विद्रोही समूहका सैन्य प्रमुख इजरायली आक्रमणमा मारिएको इरान समर्थित उक्त समूहले बिहीबार बताएको छ । समूहले आफ्ना सैन्य प्रमुखको हत्याको बदला लिने चेतावनी दिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताउनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ ।
कैलालीको टीकापुर नगरपालिका बाघमाराकी मुक्त कमलरी पवित्रा चौधरीले हस्तकलाको सामग्री उत्पादन गर्दै आएको एक वर्ष भयो।